
बारा । बारा २ मा जारि मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै पछ्याइरहेका छन् ।
कुशवाहाले पछिल्लो अपडेटअनुसार मतान्तर घटाउँदै ३ हजार १३६ मा पुर्याएका छन् । अपडेटअनुसार यादवले २४ हजार ६७३ मत पाएका छन् भने कुशवाहाले २१ हजार ५३७ मा पाएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ७ हजार ८४३ र रास्वपाका रमेश खरेलले २ हजार ७६३ मत पाएका छन् ।
चितवन र तनहुँमा फराकिलो अन्तरले जितेको रास्वपा बारामा भने निकै कमजोर देखिएको छ ।










