नक्कली भुटानी शरणार्थीकाण्डमा पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ


काठमाडौँ । पूर्व गृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संगल्न भन्दै यसअघि प्रहरीले दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका राईले गृह नेतृत्वलाई मिलाउनुपर्छ भन्दै ५ करोड असुलेको प्रहरी अनुसंन्धानमा खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार