
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने बताएका छन् । चितवनमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने बताएका हुन् ।
उनले आउने बजेटमा युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताए। साथै बजेटमा उद्योग र कृषिमा बिशेष जोडदिइने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बदल्ने समेत बताएका छन् । अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारीमा रहेको उनले बताए। अनुदान वास्तविक किसानले नपाएर बिचौलियाले फाइदा उठाइरहेको ब्यापक गुनासो आएकाले त्यसलाई फेरबदल गर्ने प्रचण्डले बताए ।













