नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सरकारको आग्रह


काठमाडौँ । सरकारले नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको विधेयकलाई आज बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रमाणीकरणका लागि राष्ट्रपति आग्रह गरेको हो ।

संघीय संसद्‌ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाए पनि तत्कालीन राष्ट्रपति भण्डारीले रोकेपछि सो विधेयक अलपत्र थियो । पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनले यो विधेयकबारे कानुनविद्हरूसँग लगातार परामर्श गरेका थिए ।
नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न मधेशवादी दलहरु लगायतले आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार