
काठमाडौँ । रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अदालतले कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भन्दै दोषी ठहर गरेका चौधरीलाई आममाफी दिनु असंवैधानिक भएको भन्दै पीडित परिवारले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदाले आज चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता गराएको सर्वोच्चले जनाएको छ। रिटको भोली पेसी तोकिएको छ ।
टिकापुर घटनामा चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गर्दै आजिवन कारावासको सजाय तोकेका थिए ।
गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलबाट चौधरी हिजो आममाफी पाएर रिहा भएका थिए । रिहासंगै चौधरी अहिले आफनो गृह जिल्ला कैलालीको टिकापुरमा राजनीतिक भेटघाट गरिरहेका छन् । उनको रिहाईबारे सामाजिकसंजालमा विभिन्न प्रतिकृयाहरु आइरहेका छन् ।










