
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।
आज दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेको हो ।
भ्रमण टोलीमा प्रचण्डसंगै परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल, प्रचण्ड सचिवालयका सदस्य लगायत छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।










