राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ– माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति विकृत हुनुमा भ्रष्टाचार मुख्य कारण भएको बताएका छन् । आज काठमाडौँमा पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपालको राजनीति विकृत हुनमा भ्रष्टाचार मुख्य कारण रहेको बताएका हुन् । उनले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको समेत टिप्पणी गरे ।

‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ’,अध्यक्ष नेपालले भने ।

उनले शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी भएकाले जनताले दुख पाएको उनको भनाई छ ।
अध्यक्ष नेपालले राजावादीहरुप्रति संकेत गर्दै वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेकाले जनता चनाखो हुनु पर्नेमा जोड दिए ।  पुनः प्रतिगामी शक्तिहरु सल्बलाएकाले जनतामा अन्यौल सिर्जना गर्न खोजिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार