
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । उनलाई काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो। ७९ बर्षीय राष्ट्रपति पौडेलको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ ।
उनलाई आज बिहान ७ बजे अस्पताल लगिएको थियो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । सोहि क्रममा थप उपचारका लागि उनलाई बैसाख ६ गते भारत लगिएको थियो ।










