समाजवादी मोर्चा भोलि घोषणा हुँदै, नेतृत्व आलोपालो

काठमाडौं । विभिन्न दलहरु समेटेर भोली समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आज बसेको दलहरुको बैठकले भोलि समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । मोर्चा घोषणा भोली दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुनेछ ।

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम रहने छन्। डा. बाबुराम भट्टराई पनि समाजवादी मोर्चामा सहभागी हुने भनिए पनि त्यसबारे केहि बताइएको छैन् ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने दलहरुबीच सहमति जुटेको माओवादी केन्द्रको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

मोर्चाले संसद भित्र र बाहिर समाजवादी विचारधारको प्रचार गर्ने, देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्ने नेताहरुको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार