
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया भएको छ । शल्यक्रिया गरेर उनको मुटुमा चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।
उनले आज दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको जानकारी दिए ।
राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर आएपछि अस्पताल पुर्याइएको थियो । राष्ट्रपति पौडेल यसअघि भारतमा उपचार गराएर फर्किएका थिए ।










