
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्चमा निवेदन दर्ता भएकोृ छ । मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन् ।
उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ।
भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहको निर्णयविरुद्ध उच्च अदालत पाटनले हिन्दी फिल्ममा रोक लगाउन नमिल्ने भन्दै आदेश दिएको थियो । अदालतकोउक्त आदेश आफुले नमान्ने र अदालत भारतबाट प्रभावित भएको भन्दै मेयर शाहले प्रतिकृया दिएका थिए ।
उनको उक्त प्रतिकृयाको कानुन ब्यवसायीहरुले विरोध गरेका छन् ।













