इनारमा डुबेर दुई जनाको मृत्यु


काठमाडौँ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेका छन् ।

इनारबाट पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा पसेका थिए । उनलाई बचाउन गएका जितेशको पनि इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार