
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई सुखी कम्युनिष्ट पार्टीले मात्रै बनाउन सक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका एक जना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका हुन्।
जनतालाई सुखी र न्यायको आभास दिलाउने कार्य अहिले सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले गरिरहेको सकेत उनले बताए ।
अध्यक्ष नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले देशको अगुवाइ गर्दै समाजवादसम्म पुग्नका लागि सबै कम्युनिष्टहरु मिलेर हातेमालो गर्नुको विकल्प नरहेको उनको भनाई छ । अध्यक्ष नेपालले सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने बताए ।










