एसपीपीको विवाद चलिरहेकै बेला भोली अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड नेपाल आउँदै


काठमाडौँ । संसदमा एसपीपीको विवाद चलिरहेकै बेला भोली अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदैछन् ।
दक्षिण तथा मध्य एसिया हेर्ने उनि भोली एक दिवसीय भ्रमणका लागि आउन लागेका हुन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले

भोली प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

तेस्रो पटक नेपाल आउन लागेका उनि यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए । तर यस पटक
संसदमा एसपीपीको विवाद चलिरहेको बेला हुन लागेको उनका्े नेपाल भ्रमणलाई महत्वसाथ हेरिएको छ । नेपालमा एमसीसी र एसपीपी विवाद अझै समाधान भएको छैन । यद्यपी संसदबाट एमसीसी भने पास भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार