
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै कम्युनिष्ट पार्टीहरु एक हुनु पर्नेमा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेको बताउँदै अध्यक्ष नेपालले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए । कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले भनाई छ ।









