
काठमाडौं । मंगलबार सरकारले गुठी विधेयक फिर्ता लिएको घोषाणा गरेपछि बुधबार माइतीघरमा प्रदर्शन गरिएको छ । सरकारले गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।
उपत्यकाका गुठियारहरुले विधेयक फिर्ताले चित्त बुझाउन सकेनन् । उनीहरुले सरकारले विधेयक खारेजी नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले जसरी भएपनि सरकारले विधेयक फिर्ता लिनुपर्ने नारा लगाएका थिए ।
प्रदर्शनमा उपत्यकाका ४० भन्दा बढी गुठीहरूले सहभागिता जनाएका थिए । र उनीहरुले विधेयक फिर्तामामा पनि सहमति जनाएका छन् ।













