त्रिभुवन भन्सार कार्यालयका प्रमुख पोखरेल जिम्मेवारीबाट हटाइए,पाण्डेलाई पठाइयो


काठमाडौँ । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई जिम्मेवारीबाट हटाइएको हो ।

मन्त्रालयका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए । उनलाई अर्थ मन्त्रालयले भन्सारमा पठाएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार