सुनकाण्डले देश तातेका बेला ओली प्रचण्ड भेट्न बालुवाटार पुगे


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बालुवाटार पुगेका ओली र प्रचण्डबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको छ। प्रचण्डलाई भेट्न ओली आज बिहान बालुवाटार पुगेका थिए ।

सुनकाण्डले देश तातेका बेला ओली प्रचण्डलाइृ भेट्न बालुवाटार जानुलाई महत्वपुर्ण रुपमा हेरिएको छ । उक्त भेटमा कोशी प्रदेशमा नयाँ सरकार गठन, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति लगायतका बिषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार