
काठमाडौं । प्रर्दशनकारीमाथि चरम दमन गरेको भन्दै ताम्सालिङ राष्ट्रिय समितिले जिल्ला प्रहरी परिसर टेकुको विरोध गरेको छ । साउन १७ गते मगर– तामाङ समुदायका ब्यक्तिहरुले टेकु प्रहरीको गेटमा शान्तिपुर्ण प्रर्दशन गर्दा प्रहरीले चरम दमन गरेको उसले विरोध गरेको छ ।
घटनाका सम्बन्धमा एक विज्ञप्ति जारि गर्दै ताम्सालिङ राष्ट्रिय समितिले भनेको छ, साउन १७ गते तामाङ र मगर समुदायले संयुक्त रुपमा आयोजना गरेको एक घण्टे शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराउ कार्यक्रममा प्रहरीले अनावश्य बल प्रयोग गरी पाँच दर्जन बढि आन्दोलनका सहभागीहरुलाई पक्राउ गरी अति नै क्रुर यातना दिएको र जथाभावी लाठी चार्ज गरी शक्त घाइते बनाएकोमा जनता समाजवादी पार्टी, ताम्सालिङ राष्ट्रिय समिति प्रहरी प्रशासनले गरेको यो अत्यन्तै चरमपुर्ण र दमनकारी रबैयाको घोर भत्र्सना गर्दछ ।
अधिवक्ता भगवती पाण्डेयले केहि दिन अघि एक टेलिभिजन कार्यक्रममा अन्तवार्तामा दिदैं तामाङ, मगर र मुस्लिम समुदायमा दाजु बहिनीबीच विवाह हुने र त्यस्तो विवादबाट जन्मिने बच्चा अपराधिक मानसिकताको हुने भन्दै विवादित अभिव्यक्ती दिएकी थिइन् ।
सोहि अभिब्यक्तीलाई लिएर टेकु प्रहरीमा परेको उजुरीको आधारमा साउन १२ गते अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको पाँच दिन बित्नै लाग्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै साउन १७ गते मगर र तामाङ समुदायका ब्यक्तिहरुले टेकु प्रहरीमा धर्नासहित नाराजुलुस गरेका थिए । नाराजुलुस गर्दै गर्दा प्रहरीले पाण्डे पक्राउ परिसकेको खबर आन्दोलनकारीलाई दिएका थिए ।
सपछि प्रर्दशनकारीहरुले आफ्नो धर्ना कार्यक्रम स्थगित गर्नै लाग्दा प्रहरीले एक्कासी लठ्ठी चार्ज गरेपछि प्रर्दशनकारीहरुले जवाफमा ढुगा मुडा गरेका थिए । उक्त झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई दर्जन बढि प्रर्दशनकारी घाइते भएका थिए । प्रहरीले हिरासतमा समेत प्रर्दशनकारीमाथि चरम यातना र कुटपिट गरेको थियो । प्रहरीले हिरासतमा दिएको यातना र कुटपिटको चर्को विरोध गर्दै तामाङ र मगर संगठनले राष्ट्रय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनिहरुले प्रहरी दमनविरुद्ध आन्दोलनको समेत घोषणा गरेका छन् ।
जारि विज्ञप्ति पढ्नुहोस










