ओलीको गृहनगरमा एमालेको मेयर पद राप्रपाले खोस्यो, उपमेयर काँग्रेस

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाबाट मेयरका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ पप्त गरे भने प्रतिस्पर्धी पौडेलले १६ हजार ९६६ मत पाएकी छन्।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । उनले १७ हजार ७२ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

अघिल्लो चुनावमा एमालेबाट मेयरमा रोमनाथ ओली विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार