‘प्रचण्ड पथ’ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भयो’

काठमाडौँ । माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका छन् । काठमाडौंमा जारि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम नेता जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका हुन् ।

बैठकमा कतिपय सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेपछि उनले यस्तो बताएका हुन् । नेता जम्कट्टेलले अहिले पार्टी नेतृत्वको आलोचना भन्दा पनि नेतृत्व र पार्टी बलियो बनाउने तर्फ सबै लाग्नु पर्ने बताए ।

उनले माओवादी केन्द्रले प्रचण्ड पथ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भएको दाबी समेत गरे । प्रचण्ड पथ छोड्नाले का्रान्तिकारी धार कमजोर भएकाले पार्टी गतिशिल हुन नसकेको उनको भनाई थियो । पार्टीको विचार संश्लेषण गर्न नसक्दा माओवादी कमजोर भएको उनले बताए ।
नेता जम्कट्टेलले पार्टीले सरकारको नेतृत्व गरिरहेका बेला शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड पनि दिए ।

उनले आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव जित्न सक्ने गरी पार्टीका सबै संरचनाहरु गृहकार्यमा लाग्नु पर्ने बताए । बैठकमा पार्टी सदस्यहरुले आफ्नो धारणा राख्ने कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार