
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको भएको छ ।चोरी आरोपमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ ।
थामी र तामाङले असार ३० गते चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको प्रहरीले बताएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।
उनिहरुले पीएसओ खड्काको घरबाट झोलामा राखेको पेस्तोल र त्यसमा लाग्ने गोली चोरेका थिए । यसबारे थप थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।










