एमालेको लुम्बिनी प्रदेशका नेताहरु माओवादी प्रवेश, प्रचण्डद्धारा स्वागत


काठमाडौं । नेकपा (एमाले) का लुम्बिनी प्रदेशका नेताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले उनिहरुलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए।

एमाले लुम्बिनी सचिवालय सदस्य हरिजनसंगै लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई प्रचण्डले माओवादी केन्द्रमा स्वागत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

उनिहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले समाजमा अस्थिरता, अराजकता निम्त्याएर देशलाई प्रतिगमनतर्फ धकेल्न चाहने शक्ति सल्बलाइरहेकाले परिर्बतन चाहने सम्पुर्ण नेपाली जनताहरुपरिर्बतनको पक्षधर माओवादी केन्द्रमा एकढिक्का भएर त्यसविरुद्ध लड्नु पर्ने बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार