महासचिव गुटेरेसको प्रतिबद्धताः नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँछु


सोलुखुम्बु । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीयवासीसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तर्क्रिया गर्दै हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)  मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । सो अवसरमा महासचिव गेटेरेससंग स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा शनिवार राती काठमाडौं आइपुगेका थिए। उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए ।

भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीन्कमो पनि भ्रमण गर्नेछ । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका महासचिव गेटेरेसले कात्तिक १४ गते प्रतिनिधि सभा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
उनको भ्रमणबाट नेपालको शान्ति प्रकृया टुंगोमा पुग्ने, जलवायु परिर्वतन, दिगो विकास लगायतमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार