सरकारले पेट्रोल र डिजेलको भाउ घटायो


काठमाडौँ। सरकारले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । सरकारी संस्था नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँले घटाएको हो। भोली मंसिर ३० गते बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३।०७ र रू ३।१६ ले घटाएर निगमलाई पठाएपछि नेपाल सरकारले पनि मूल्य घटाएको हो ।

मूल्य घटेपछि काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ मा कारोबार हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमको जारि विज्ञप्ति पढौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार