वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे नियुक्त


काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सह–सचिव डण्डुराज घिमिरे नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई तीन सातापछि शुक्रबार महानिर्देशकमा नियुक्त गरेको हो ।

यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको हो ।

घिमिरे मन्त्रालयको प्रवक्ता समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार