राष्ट्रिय सभा निर्वाचनका लागि यि हुन् एमालेका १९ उम्मेदवार


काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले १९ जना उम्मेदवारको टुंगो लगाएको छ । माघ ११ गते हुन लागेको चुनावका लागि एमालेले सात वटै प्रदेशबाट १९ जना उम्मेदवारको टुंगो लगाएको हो ।

एमाले महासचिव शंकर पोखरेलले जनाए अनुसार सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता–अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली), कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) त्यस्तै लुम्बिनी प्रदेशमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), गण्डकी प्रदेशमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), त्यस्तै, बागमती प्रदेशमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यतर्फ त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता–अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उम्मेदवार बनाएको छ भने कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) र मधेश प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई उम्मेदवार बनाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार