विदेश जानेलाई एयरपोर्टमा सास्ती हुने गुनासो आएपछि प्रधानमन्त्रीको एक्सन

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विदेश जाने नेपालीलाई त्रिभुवन विमानस्थलमा सास्ती दिइने गुनासोप्रति सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न उनले सब्न्धित निकायलाई निर्देशन दिएका हुन्।

उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलमा त्यस्तो निर्देशन दिएका हुन् ।

‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला’, प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार