
काठमाडौं । जापान पठाउने भन्दै करोड ठगी गर्नेलाई प्रहरीले पक्राउगरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक रहेका छन्।
उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने भन्दै प्रलोभनमा पारेर २ करोड ६८ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।










