पार्टी फुटेपछि उपेन्द्र यादव गए प्रधानमन्त्री भेट्न


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । जसपा फुटेपछि उनि आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

गएराती मात्रै अमेरिकाबाट नेपाल फर्किएका स्वास्थ्य मन्त्री समेत रहेका यादवले पार्टी फुटबारे पार्टीका नेताहरुसंग छलफल सुरु गरेका छन् ।
मन्त्री यादव पार्टी विभाजनपछि सरकारमै रहने की बाहिरिने भन्नेबारे आन्तरीक छलफलमा जुटेका हुन्।

पार्टी फुटका बिषयमा छलफल गर्न जसापा नेपालको संसदीय दलको बैठक अहिले बालकुकारीमा बसिरहेको छ ।

जसपाका उपाध्यक्ष अशोक राईको नेतृत्वमा ७ जना सांसदले आइतबार निर्वाचन आयोगमा नयां दल दर्ताका लागि निवेदन दिएका थिए । जसअुनसार हिजो आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको छ ।

जसको विरुद्ध यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कानुनी उपचार खोज्न अदालत जाने बताइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार