
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ्य भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको लागि सिन्धुली हिँडेका उनि रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
गाडीमा गइरहेका मुख्यमन्त्री जम्कट्टेलले गाडीभित्रै बान्ता गरेको भएको र उभिन नसक्ने भएपछि उनलाई सिन्धुलीको आत्मीय सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ उनको प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि डाक्टरको सल्लाहमा उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।
मुख्यमन्त्री जम्कट्टेललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।










