नवनिर्वाचित सांसद सुहाङले लिए शपथ


काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो पनि लगाइदिएका छन् ।

सुहाङका बुवा सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उनि विजयी भएका थिए । सम्पन्न निर्वाचनमा सुहाङले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले हराउँदै विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार