कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिकाए छन् ।

सिरोहियाविरुद्ध २०८१ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप छ । सोहि आरोपबारे प्रहरीले अनुसंन्धान गरिरहेको छ ।

तर, प्रहरीमा जाहेरी परे लगत्तै सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उनले गृह प्रशासनलाई प्रतिवादी बनाएर रिट हालेका थिए । उक्त रिटमा यता, नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

क्जष्खबm ऋझभलत रिटमा गत वैशाख २५ गते न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले गृहका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । आदेशमा गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार