
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई उनो अफिसबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर कार्यालयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोली पुगेको थियो । उनलाई धनुषा अदालतमा उपस्थित गराउने गरी आजै त्यसतर्फ लैजाने प्रहरीको तयारी छ ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार पक्राउ पुर्जि जारी गरेको थियो ।
पक्राउ पछि सिरोहियाले सहकारीको वचत रकम हिनामिनाका विषयमा कान्तिपुरले निरन्तर रिपोर्टिङ गरेका कारण गृहमन्त्री रवि लामिछानेले आफुमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको मिडियालाई प्रतिक्रिया दिएका छन् । सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध पनि राहदानीको मुद्दा अदालतमा भएकाले उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी हुने आशा समेत ब्यक्त गरेका छन् ।
अध्यक्ष सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा २०८१ साल वैशाख १६ गते किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको छ।
भिडियो पनि हेरौं










