
जनकपुर । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले प्रदेश सभामा विश्वासको मत पाएका छन् । आज प्रदेश सभा बैठकमा विश्वासको मत पाउँ भनि राखेको प्रस्तावमा ६७ जना सांसदले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका हुन् ।
गत जेठ २५ गते जनमत पार्टीको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका सिंहले आज प्रदेश सभामा रहेका १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरू आफ्नो पक्षमा मतदान गराउन सफल भएका छन् ।
सभामुख रामचन्द्र मण्डलका अनुसार मत विभाजनमा ३४ जना सांसदले सिंहको विपक्षमा मतदान गरेका छन् । सिंहलाई कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छन् भने माओवादी, एकीकृत समाजवादी र जसपा नेपालले विपक्षमा मतदान गरेका छन् ।
केन्द्रमा नयां बनेको देउवा–ओली सत्ता समिकरणको यो पहिलो सरकारका रुपमा पनि लिइएको छ।








