
काठमाडौं। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेकी रोजिना श्रेष्ठले काँग्रेस र एमालेलाई पछि पार्दै विजयी भएकी हुन् ।
२०७९ को स्थानिय निर्वाचनमा काँग्रेसले जितेको यस वडामा श्रेष्ठले २ हजार ९०२ मत पाएर विजयी भएकी छन् । मत परिणम अनुसार एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत पाएर दोस्रो भएका छन् भने कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत पाएर तेस्रो भएका छन् । रास्वपाले जितेको यो वडा कांग्रेसबाट उपप्रधान एवम् शहरी विकास मन्त्री रहेका प्रकाशमान सिंहको वडा पनि हो । काँग्रेसका उपसभापति समेत रहेका सिंहले उपनिर्वाचनमा मतदात समेत गरेका थिए ।
मतपरिणम अनुसार एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत पाएका छन् भने राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२, स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।
यसअघि कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यस वडामा उपनिर्वाचन भएको हो । ४१ पदका लागि भएको उपनिर्वाचनमा रास्वपाले १८ स्थानमा आफ्नो उम्मेदवारी दिएको थिएन् । अहिलेसम्म उसले एउटा वडा मात्रै जितेको छ ।









