काठमाडौं । भारतले पाकिस्तामाथि आक्रमण गरेपछि चीनले प्रतिकृया दिदै खेदजनक भनेको छ । आज चीनको विदेश मन्त्रालयले आज प्रतिकृया दिदै पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको हो।
दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’
उनले भारत र पाकिस्तान दुवैलाई शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न आग्रह समेत गरेकी छन् । भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा ‘अपरेशन सिन्दूर’ नाम दिएर गएराती आक्रमण गरेको थियो । जसमा ३० जना भन्दा बढिको मृत्यु भएको बताइएको छ ।
जसबारे भारतले केहिबेर अघि पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भारतले सैन्य कारबाहीमा आतँकवादी संगठन लस्कर एतोइबाको ९ वटा सैन्य अखडा ध्वस्त पारेको दावी गरेको छ । तर पाकिस्तानले भारतको पाँच वटा फाइटर विमान खसालेको दावी गरेको छ ।