
कपिलवस्तु । कपिलवस्तुमा सयौं नागरिकहरु जनमत पार्टी प्रवेश गरेका छन् ।
जनमत पार्टी कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा सयौंजनाले पार्टी प्रवेश गरेको जिल्ला ईन्चार्ज रियाज अहमद खानले जानकारी दिए ।
उनकाअनुसार मायादेवी १ का पूर्ववडाध्यक्ष हरि गोविन्द चौधरीसहित एमालेको पुरै वडा कमिटि नै जनमत प्रवेश गरेको छ ।
त्यस्तै कपिलवस्तु नगरपालिका ११ का वडाध्यक्षका प्रत्यासी नेपाली काँग्रेसका सुवाश चौधरी पनि जनमत प्रवेश गरेको उनले बताए ।
त्यस्तै पार्टी प्रवेश गर्नेमा पूर्व गाबिस उपाध्यक्ष सलीम प्रधान, राज नारायण चौधरी, मायादेवी ३ का जनता समाजवादीका जिल्ला सदस्य नारायण यादव, मायादेवी १ का वडाध्यक्ष सहबुद्दिन मुसलमान (जुम्मन्), मायादेवी गाउँ पालिका ३ का नाथु कहार, शुद्धोधन गाउँपालिका ३ का युवा नेता राम केश लोध, शुद्धोधन १ प्रावशाली नेता वीर बहादुर थारु लगायत २५० भन्दा बढी व्यक्तिहरू जनमत पार्टीमा प्रवेश गरेको ईन्चार्ज खानले बताए । जनमतका नेताहरुले नवप्रवेशीहरुलाई पार्टीका स्वागत गर्दै देश र जनताको पक्षमा काम गर्न आग्रह गरेका थिए ।










