नेपालगञ्जमा गोली चल्यो, चार जना पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्जमा गोली चलेको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ मा प्रहरीले गोली चलाएको हो ।
लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि प्रहरीले गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् भने प्रहरीले चलाएको गोली लागेर खैरो हेरोइन कारोबारी कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार