घाटामा रहेको डीडीसीलाई उकास्न प्रधानमन्त्री र कृषीमन्त्रीको प्रोडक्ट प्रमोशन, तात्ला त बजार ?


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र कृषी मन्त्री गिता चौधरीले शनिवार दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरु खादै गरेको तस्बिर सामाजिकसंजालमा पोस्ट गरेपछि त्यसको चर्चा भइरहेको छ । प्रधानमन्त्री शाहले डीडीसीको उत्पादन चौरी गाईको दूधबाट बनेको ‘याक चिज’ खादै गरेको तस्बिर पोस्ट गरेका छन् भने कृषीमन्त्री चौधरीले डीडीसीकै उत्पादन ‘आइकक्रिम’ खादै गरेको तस्बिर पोस्ट गरेकी छन् । यो शनिवार बिदाको समय उपयोग गरिएको पक्कै होइन् । योत बिदाको दिन पनि ‘सरकार देश निर्माण गर्ने काममै लागिपरेको छ’ भन्ने सन्देश हो ।

यसरी एकैदिन प्रधानमन्त्री र कृषीमन्त्रीले सरकारको स्वामित्वमा रहेको डीडीसीका उत्पादनहरु खादै गरेका तस्बिरहरु पोस्ट गर्नुकोे सन्देश निकै गहिरो र महत्वपुर्ण छ । डीडीसी एउटा सरकारको स्वामित्वमा रहेको संस्थान हो । जो बर्षौदेखि घाटामा चलिरहेको छ ।

प्रधानमन्त्रीले शाहले प्रचार गरेको याक चिज डीडीसीले वार्षिक रूपमा करिब ३६ हजार केजी बढि उत्पादन गर्दै आएको छ । केहि विदेश समेत निर्यात हुन्छ । तर, हिमालयको चौरी गाईको दूधबाट बनेको चिजलाई जसरी डीडीसीले नेपालभित्रै र नेपाल बाहिर ब्यापक ब्यापार गर्नु पथ्र्यो त्यो हुन सकिरहेको छैन् । त्यसको कारण भनेको डीडीसीसंग आधुनिक खालको प्रविधि, प्रयाप्त मात्रामा आफ्नै कोल्ड सेन्टर नहुनु र बढ्दो घाटा हो ।विश्वबजारमा ‘हिमालको चौरी गाईको दूधबाट बनेको याक चिज’ भन्दै डीडीसीले ब्राण्डिङ गर्न पनि सकिएको छैन् । धेरै नेपालीलाई पनि यसबारे जानकारी छैन् ।

सायद यसको ब्राण्डिङ र प्रचारमा स्वयम कर्मचारी र यसअघिका सरकारहरुको ध्यान नपुगेर होला प्रधानमन्त्री शाहले आफ्नो लाखौं फ्लोअर भएको फेसबुक आइडीबाट प्रचार गरेका छन् । याक चिज खादै गरेको प्रधानमन्त्री शाहको उक्त तस्बिर भाइरल भयो । जसले बजारमा याक चिज किन्नेहरु पनि डेरी पसलहरुसम्म पुगेका खबरहरु आइरहेका छन् ।

प्रधानमन्त्री शाहले संरचना सुधार, सुशासनसंगै स्वदेशी उत्पादनको ब्राण्डिङ र बजारमा पनि उत्तिकै ध्यान दिएको पाइन्छ । उनले अघिल्लो शनिवार नेपाली उत्पादन हल्का खैरो कलरको पाइन्ट र सेतो कलरको सट लगाएको तस्बिर सामाजिकसंजालमा पोस्ट गरेका थिए । त्यो पनि भाइरल भयो र बजारमा यो कपडाको ब्यापार राम्रै भएको सुनिन्छ ।

 

त्यो कपडाबारेको चर्चा र भइरहेको ब्यापारबारे थाहा पाएरै होला प्रधानमन्त्री शाहले यो शनिवार नेपाली खाद्य उत्पादन ‘याक चिज’ खादै गरेको तस्बिर पोस्ट गरे । आसा गरौं यसले पनि डीडीसीको ब्यापार बढाउने छ ।

बर्षौदेखि निरन्तर घाटामा रहेको डीडीसीलाई उकास्न प्रधानमन्त्रीसंगै कृषीमन्त्री गिता चौधरीले पनि शनिवार नै डीडीसीको उत्पादन आइसक्रिम खाँदै गरेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरिन् । जसले डीडीसीबारे जनमानसमा थप चासो र बहस पैदा गरेको छ ।
नेपाली राजनीतिको इतिहासमा पहिलो पटक यसरी नेपाली उत्पादनबारे देशको प्रधानमन्त्री र सम्बन्धीत मन्त्रीले एकसाथ प्रचार गरेका छन् ।
कृषी मन्त्री चौधरीले जिम्मेवारी सम्हालेदेखि उनिमा केहि गरेर देखाउने हुटहुटी देखिन्छ । युवा जोस, अनुभव, भोगाई र सकृयताले तत्काल केहि सुधार पनि देखिएका छन् । मन्त्री चौधरीले गत मंगलबार बालाजुस्थित डीडीसीको कार्यालय पुगेर अनुगमन गर्दै सुधारका लागि निर्देशन र केहि महत्वपुर्ण निर्णय गरेकी छन् ।

उनले डीडीसीका कर्मचारीहरुले सित्तैमा डीडीसीको दूध, दही, घिउ खाइरहेको सुविधामा कटौती गरेर बार्षिय झण्डै ३ करोड रुपैंया बचत हुने काम गरिन् । जुन रकमलाई किसानको दूधको बक्यौता तिर्न प्रयोग गर्न उनले निर्देशन समेत दिएकी थिइन्।

धराशायी बन्दै गएको डीडीसीको अवस्था र बर्षैदेखि किसानले दूधको पैसा नपाएको अवस्थालाई मध्यनजर गर्दै मन्त्री चौधरीले यो कडा कदम चालेकी थिइन् ।

डीडीसी डुब्नुमा राजनीतिक चलखेल पनि एक मुख्य कारण भएकाले मन्त्री चौधरीले त्यसलाई चिर्न र संस्थानको आर्थिक पारदर्शिता कायम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिएकी छन् । मन्त्री चौधरीले प्रधानमन्त्रीलाई पछ्याउदै डुबेको डीडीसीलाई उकास्न शनिवार आइकक्रिम खादै गरेको फोटो सामाजिकसंजालमा पोस्ट गर्नु डीडीसी सुधारभित्रकै एक कार्य थियो ।

हुन त डीडीसी मात्रै होइन् सरकारको स्वामित्वमा रहेका ४४ संस्थानमध्ये १५ संस्थान घाटामै चलिरहेका छन् । अन्य केहि नाफामा छन् । जसमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थानमा नेपाल विद्युत प्राधिकरण पर्छ भने सबैभन्दा धेरै घाटामा नेपाल वायसुेवा निगम छ ।
सरकारको स्वामित्वमा रहेका संस्थानहरुमा राज्यको लगानी भने ७ खर्ब ३ अर्ब बढि छ ।

बालेन सरकार यहि अवस्थालाई मध्यनजर गर्दै देशमा आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न उद्योग र उत्पादनमा जोड दिएर जनतालाई रोजगारी सिर्जना गर्नतर्फ बढि ध्यान दिनुपर्छ ।

हुन त डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनि नेपालमै बनेको मुस्ताङ म्याक्स गाडी चढेर सिंहदरबार पुगेका थिए । उनले मुस्ताङ गाडी चढेर स्वदेशी उत्पादन प्रयोग र आत्मनिर्भर नेपालको बहस सुरु गरेका थिए । त्यो निकै चर्चाको बिषय पनि बनेको थियो । तर, बिड्म्बना सन् २०१५ मा त्यो गाडी उत्पादन गर्ने नेपाली कम्पनी नै बन्द भयो ।

देशलाई आत्मनिर्भर र उत्पादनतर्फ लैजाने प्रयास यसअघिका सरकारबाट पनि नभएका भने होइनन् तर प्रयाप्त अध्यन, पुँजी, प्रविधि, नीति नियम र इच्छाशक्तीको अभावका कारण दिर्घकालिन रुपमा अघि बढ्न सकेन ।
अहिले जनताले फेरि पाएको दुईतिहाइको सरकारले अघिल्ला सरकारले गरेका राम्रा प्रयासको अध्यन गरी त्यसलाई अगाडी बढाउन सक्यो भने देश आत्मनिर्भर र उत्पादनमा अघि बढ्नेमा दुई मत छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार