कंचनपुरका सांसद धामीले संसदमा भनेः वर्षा सुरु भएपछि जनताको निन्द्रा र भोक हराउँछ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कंचनपुर १ का सांसद जनकसिंह धामीले बर्षायाम सुरु हुनेबित्तिकै आफ्नो क्षेत्रका वासिन्दाको रातीको निन्द्रा र दिनको भोक हराउने बताएका छन् ।

आज बसेको संसद बैठकमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दोदा र चौधर नदीमा क्षेत्रका बासिन्दा वर्षयाम सुरु हुनेबित्तिकै डुबान र कटानको मारमा पर्दै आएको बताएका हुन् ।

उक्त क्षेत्रका बासिन्दाको सुरक्षाका लागि दोदा र चौधर नदीहरुका बलियो तटबन्ध बनाउन सरकारसँग माग समेत गरेका छन् । सांसद धामीले दोदा र चौधर नदीमा वर्षायाममा बाढी आउँदा लालझाडी, बेलौरी, बेलडाँडी र पुनर्वास क्षेत्रका जनताको ठुलो मर्कामा पर्दै आएको बताए ।

बषर्ने नदी कटान, डुबानका कारण जग्गा हुँदा पनि स्थानिय सुकुमवासी बन्नुपरेको उनको भनाई छ । आफ्नो क्षेत्रमा राना थारु समुदायको बाहुल्य रहेकाले उक्त क्षेत्रलाइृ राना थारु संरक्षित क्षेत्र घोषणा गर्न सांसद धामीले माग समेत माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार