नाडाको ५०औं बार्षिक उत्सवमा भव्य ‘नाडा अटो शो २०२६’ हुँदै


काठकाडौं । आफ्नो ५०औं बार्षिक उत्सवको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसबर्ष पनि भव्य नाडा अटो शो आयोजना गर्दैछ । ललितपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै नाडाले १८औँ संस्करणका रुपमा काठमाडौंको भृकुटीमण्डपमा यही भदौ ९ देखि भदौ १४ गतेसम्म “नाडा अटो शो २०२६” को आयोजना गर्ने जानकारी दिएको हो ।

उक्त अटो शोमा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रेसम्म चर्चित ब्रान्ड र टायर, लुम्बिकेन्टलगायत अन्य स्टलसहित २ सय बढि स्टलहरु राखिने संयोजक अनुप कुमार बरालले जानकारी दिए । उनकाअनुसार यसपटकको नाडा अटो शोको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ ।

६ दिनसम्म चल्ने उक्त प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, रोजगार, र व्यावसायिक क्षेत्रमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ ।

नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले बताए ।

आयोजकका अनुसार प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा २३ वटा ब्रान्डका प्यासेन्जर सेग्मेन्टका सवारी ब्रान्ड रहनेछन् । त्यस्तै, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपाङ्ग्रे, १० वटा वित्तीय एवं बीमा सेवाप्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अटोमोबाइलसम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिने आयोजक नाडाले जनाएको छ । नाडा अटो शोमा नेपालमा एसेम्बल हुने सवारीसाधन, ल्युब, ब्याट्री, हेल्मेट एवं अन्य सामग्रीहरूसमेत प्रदर्शन गरिने संयोजक बरालले जानकारी दिए ।
देशको आर्थिक विकासमा नाडाले बिगत लामो समयदेखि योगदान गर्दै आएको समेत बरालले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार