
नुवाकोट । नुवाकोटको बिदुरस्थित त्रिभुवन त्रिशूली माविलाई एपीसी एसियन प्रोजेक्ट कम्पनीले राहात सामाग्री प्रदान गरेको छ । कम्पनीका डिरेक्टर, इन्जीनियर दीपक गुरुङको नेतृत्वमा संकलिन राहातलाई नुर फाउण्डेसनको समन्वयमा विधालयलाई ३० थान सिरक डस्ना, तकिया, बल्याङ्केट र खाना पकाउने ग्यांस चुलो हस्तातन्तरण गरिएको हो। हङकङमा बसेर पनि नेपालका विभिन्न ठाउँमा विपदमा परेका ब्यक्तीहरुलाई सहयोग गर्दै आएका इन्जिनियर दीपक गुरुङले विधालयलाई चाहिने आवश्यक सहयोग आगामी दिनमा पनि रहने बताएका छन् ।
सहयोग हस्तान्तरण गर्दै नुर फाउण्डेसनका अध्यक्ष एवम् रास्वपा युवा नेता नुर महोम्मद मियाले पनि विधालयलाई आवश्यक सहयोग आगामी दिनमा पनि रहने बताएका छन् ।
भदौ १० गते आएको विनासकारी बाढी बाढीमा परि त्रिभुवन त्रिशूली मावि पुरै ध्वस्त भएको थियो । नयां ठाउमा विधालय संचालन गर्नका लागि विधालयका कर्मचारीहरु रात दिन काम गरिरहेकाले उनिहरुलाई खान बस्न सहजताका लागि उक्त सामाग्रीहरु हस्तातन्तरण गरिएको फाउण्डेसनका अध्यक्ष मिँयाले बताए । विधालयलाई समस्या परेको बेला राहात सामाग्री दिएर सहयोग गरेको भन्दै विधालयका हेडसर राजेन्द्र दवाडीले एपीसी एसियन प्रोजेक्ट कम्पनी र फाउण्डेसनप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
भदौं दश गते आएको विनासकारी बाढीले विधालयका सम्पुर्ण भौतिक संरचना नष्ट गर्नुका साथै विधालयमा कार्यरत कार्यालय सहयोगी छुल्टिम लामा र शिक्षक सन्तोष परियार अझै बेपत्ता छन् ।
एपीसी एसियन प्रोजेक्ट कम्पनीका डिरेक्टर इन्जिनियर दिपक गुरुङको नेतृत्वमा संकलित राहात सामाग्रीलाई नुवाकोटको बिदुरमा बाढी प्रभावित २ सय परिवारलाई वितरण गरिएको छ ।











