समाजसेवी, व्यवसायी, राजनीतिकर्मी तामाङ महाधिवेशन प्रतिनिधि निर्वाचित

धादिङ । समाजसेवी, व्यवसायी, राजनीतिकर्मी शान्ता कुमारी तामाङ काँग्रेसको १५औं केन्द्रिय महाधिवेशनका लागि जनजाती महिलातर्फबाट प्रतिनिधि निर्वाचित भएकी छन् ।
काँग्रेस धादिङ क्षेत्र नम्बर २ (ख) बाट जनजाती महिलातर्फ बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भई १५औं केन्द्रिय महाधिवेशनका लागि जनजाती महिलातर्फबाट केन्द्रिय प्रतिनिधि निर्वाचित भएकी हुन् ।
आफुलाई विश्वास गरेर महाधिवेशन प्रतिनिधिमा विजयी गराउनु हुने सम्पुर्णलाई उनले धन्यवाद ज्ञापन समेत गरेकी छन् ।

लामो समयदेखि काँग्रेसको राजनीतिसंगै कलाकारिता, समाजसेवा र व्यवसायमा सकृय नेतृ तामाङले भोलीदेखि सुरु हुने काँग्रेसको १५औं केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने समेत बताएकी छन् । काँग्रेसको १५औं महाधिवेशन भोली असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुंदैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार