
सर्लाही । रास्वपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका युवा नेता दीपक महतो कांग्रेसको १५औँ महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
आफुलाई विश्वास गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने सम्पुर्णमा उनले धन्यवाद ज्ञापन गरेका छन् ।
नेता महतोले महाधिवेशन एतिहासिक रुपमा सफल पार्न सबैले आफ्नो तर्फबाट योगदान गर्न पनि अ्रह गरेका छन् । काँग्रेसमा रहेर आगामी दिनमा सहकार्य, एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले अग्रज तथा सहकर्मीहरूको अनुभव र योगदानलाई सम्मान गर्दै पार्टी संगठनलाई थप मजबुत बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
गत निर्वाचनमा उनि सभापति गगन थापाको एक निर्वाचन कामाण्डर भएर जिल्लामा खटिएका थिए । त्यसबेला सभापति थापाले नेता महतोलाई निर्वाचन तयारीका क्रममा राजनीतिक समन्वय, सहकार्य तथा विभिन्न राजनीतिक धार र समूहसँग संवाद गर्ने जिम्मेवारीसमेत दिएका थिए।
विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका महतो डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग जोडिएर सक्रिय राजनीतिमा लागेका थिए।










