अछाम । अछामको चौरपाटी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा लक्ष्मी साउद, रमेश साउद र काली साउद रहेका छन् । मृतक तीनै जना दशपल्ले माध्यामिक विद्यालयका विद्यार्थी हुन् ।
दुर्घटनामा घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने अनुसन्धान भइरहेको बताइएको छ ।













