बनेपा । बनेपामा बस भित्रै सिरिन्ज हानिएको छ । बसमा यात्रा गरिरहेकी एक महिलालाई सरिन्ज हानिएको हो ।
बसभित्रै यात्रा गरिरहेकी महिलालाई सिरिन्ज हानेपछि यात्रहरु त्रसित बनेका छन् । प्रहरीले सिरिन्ज हान्ने युवालाई पक्राउ समेत गरेको छ । स्याङ्जा घर भई बनेपामा बस्दै आएका ३४ वर्षका खगेन्द्र प्रसाद पाठकलाई बनेपा प्रहरीले पक्राउ गरेको हो ।
महिलाको नजिकै भएका ति युवाले कुनै सुई जस्तो चिजले घोचेपछि महिला बस भित्रै कराएकी थिइन् । ति युवाले घोचेको थाहापाएपछि यात्रुहरुले बसबाट निकालेर युवालाई कुटपिट समेत गरेका थिए ।
घटनापछि यात्रुहरुले बनेपाको इलाका प्रहरी कार्यालयमा प्रदर्शन समेत गरेका थिए । प्रहरीले युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ भने महिलाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।









