काठमाडौं । त्रिविमा गोल्ड मेडल बेच्नेलाई कारवार्हिका लागि मुद्धा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको अंक फेरबदल गरी गोल्ड मेडल ल्याएकाे बनाउने विरुद्ध मुद्धा दर्ता गरेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
गोल्ड मेडल किनबेचका लागि तीनै जनाले घुस समेत लिएको पाइएको थियो । यस अघि अख्तियारले छानबिनमा गर्दा उनीहरुले घुस लिएको र आर्थिक हिनामिना गरेको भेटाएको थियो ।









