धर्ती माता छुटिन ५० हजार धरौटीमा

काठमाडौं । आफुलाई धर्ती माता नाम दिएर युवतीलाई अभद्र व्यवहार गर्ने विष्णु कंवर धरौटीमा छुटेकी छन् । केही समय पहिले काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भन्दै प्रहरीले दुई वटा मुद्दा चलाए पनि उनलाई घरौटीमा छोडेको हाे ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।
अदालत र प्रशासन दुवै निकायमा धरौटी वापतको रकम बुझाएर उनी थुनामुक्त भएकी छन् ।

उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले बालाजुबाट पक्राउ गरेका थियो ।

पिडित पक्षले उजुरी नदिदा पनि प्रहरीलाई अनुसन्धान गर्न समस्या भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार