काठमाडौं । सरकारले लक्षित समुहलाई विभेद गरेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपति जनाएका छन् । उनले रामबहादुर थापा बादल गृहमन्त्री बनेपछि थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि विभेदकारी व्यवहार गरेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले उनीहरुको क्षमता माथि प्रश्न गर्न नपाइने बताएका छन् । उनले यसो हुनुको कारण के उनीहरु कम्जोर हुन् त भन्ने प्रश्न गरेका थिए ।
संविधानले समावेशी परिकल्पना गरेको र राज्यका अन्य नीतिहरु पनि त्यही अनुरुप बनिरहेकाले व्यवहारीक रुपमा कार्यान्वयन पनि गर्नुपर्ने बताएका छन् । राज्यका प्रमुख निकायहरुमा लक्षित समुहलाई पनि सहभागि गराउनु पर्ने माग गरेका छन् ।










